FAQs Complain Problems

समाचार

नगरस्तरीय जेष्ठ नागरिक सम्मान कार्यक्रम २०७६/०२/३० गतेको झलक

यस गणेशमान चारनाथ नगरपालिकाको आयोजनामा मिति २०७६/०२/३० गते बिहिबारका दिन यस न.पा. को वार्ड नं -१ स्थित (कबिर कुटी) को प्रांगणमा नगरस्तरीय जेष्ठ नागरिक सम्मान कार्यक्रम  सु - सम्पन्न भएको छ | सो कार्यक्रमको सभाध्यक्ष यसै न.पा को नगर प्रमुख श्री रामबाबु यादव हुनुहुन्थ्यो र प्रमुख अथितिमा जिल्ला समन्वय समितिका प्रमुख श्री रामदेव बणरैत यादव ज्यू हुनुहुन्थ्यो, भने बिशेष अथितीमा यसै न.पा. को उप-प्रमुख श्रीमती मिना कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत श्री मित्र प्रसाद काफ्ले ज्यू, अथितीमा विभिन्न वार्डका वडाध्यक्ष एवं बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको रोहवरमा वार्ड नं १ देखि ११ सम्मको महिलाको हकमा ८५ बर्ष वा सो भन्दा माथि र पुरुषको हकमा ९० बर्ष वा सो भन्दा माथि का  सम्पूर्ण जेष्ठ नागरिकहरुलाई औपचारिक रुपमा आमन्त्रित गरी सरिक गराइएको थियो |​ 

सो कार्यक्रममा विभिन्न वक्ताहरु ले आ-आफ्ना छोटो मिठो मन्तव्य राख्नु भएको थियो | उक्त कार्यक्रममा जनकपुरका ख्याती प्राप्त सास्कृतिक टोली द्वारा विभिन्न किसिमका उप्देश्मुलक संस्कृतिक नाटक र मनोरन्जनात्मक हस्यकला नृत्य प्रदशन गरेको थियो | सो कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलगत पार्टी प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, बिद्यार्थी र कर्मचारीहरुको उल्लेखनीय सहभागितामा भव्यताका साथ सु-सम्पन्न भएको थियो |